चितवन विशेष
‘गुरुकुल एसइई फुटसल कप’को उपाधि अमर माविले जित्यो

चितवन, वैशाख ११–
भरतपुर महानगरपालिका–९ मा रहेको गुरुकुल कलेजको आयोजनामा भएको ‘गुरुकुल एसइई फुटसल कप’को उपाधि पटिहानीको अमर माध्यमिक विद्यालयले जितेको छ । गुरुकुल कलेजमा शुक्रबार सम्पन्न फाइनल प्रतियोगितामा रामपुरको कमल देवी आवसिय माध्यमिक विद्यालयलाई १–० गोल अन्तरले पराजित गर्दै अमर मावि विजयी बनेको हो ।
निर्धारित समयमा अमर माविका पर्वत गागामगरले गरेको गोल नै खेलको निर्णायक बन्न पुग्यो । अमर माविले सेमिफाइनलमा नेरास मावि गैडाकोट र कमल देवी आवसिय माविले ग्रीण्डल्याण्ड आवासिय माध्यमिक विद्यालयलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेका थिए ।
प्रतियोगितामा विजेता बनेको अमर माविले १५ हजार रुपैयाँ नगद, ट्रफि र मेडल, उपविजेता कमलदेवीले १० हजार रुपैयाँ नगद, ट्रफि र मेडल प्राप्त गरेका छन् । यस्तै प्रतियोगितामा अमर माविका पर्वत गागामगर उत्कृष्ट खेलाडी बने । उत्कृष्ट गोलकर्ताका रुपमा प्रतियोगिता अवधिभर सात गोल गर्दै ने.रा.स.मावि गैंडाकोटका नितेस गुरुङ चयन भए । उत्ता उत्कृष्ट गोलकिपरका रुपमा कमलदेवी आवासिय माविका लभ तामाङ चयन भए । उनीहरुले समान समान दुई/दुई हजार रुपैयाँ र ट्रफि प्राप्त गरे ।
चितवन र बाहिरी जिल्लामा एसइई दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै यही बैशाख ९ गतेदेखि ११ गतेसम्म भएको फुटसल प्रतियोगितामा ५७ टिमको सहभागिता रहेको कलेजका कोअर्डीनेटर हरिहर भुसालले जानकारी दिनुभयो । तीन दिनसम्म सञ्चालित प्रतियोगिता नकआउट चरणमा खेलाईएको थियो । प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गरेका खेलाडीलाई गुरुकुल कलेजमा पढ्न चाहने खेलाडीलाई कलेजले कक्षा ११मा पढ्नका लागि छात्रबृत्तिको व्यवस्था गर्ने भुसालले जनाकारी दिनुभयो ।
विद्यार्थीको अनुशासन र पढाइमा पनि लगनशील बनाउनको लागि कलेजले अतिरिक्त क्रियाकलापमा जोड दिँदै फुटसल प्रतियोगिताको आयोजना गरिएको थियो ।
एन्फाका आधिकारीक रेफ्रिद्धारा प्रतियोगिता सञ्चालन गरिएको थियो । पुरस्कार वितरण समारोहमा सह प्राचार्य जे.एन लामिछाने, निर्देशक प्रतिक ढकाल, कोअर्डीनेटरद्धय हरिहर भुसाल, सिर्जन अविरल र बिहानी कार्यक्रम संयोजक शुशिल रेग्मी लगायतको उपस्थिती रहेको थियो ।
























