चितवन विशेष
चितवन प्रहरीमा ३८ हजार १९३ पटक फोन
०

चितवन, वैशाख ८-
चितवन प्रहरीमा एक वर्षको अवधिमा ३८ हजार १९३ पटक फोन मार्फत जिज्ञासा राखिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार प्रहरीको सय नम्बर, कार्यालय प्रमुख तथा सूचना केन्द्रमा विभिन्न व्यक्तिहरुले ३८ हजार १९३ पटक फोन मार्फत आफ्ना गुनासा तथा जिज्ञासा राखेका हुन् ।
प्रहरीलाई दिने सुझाव, गुनासा र उजुरी समेत आउने गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख गोविन्द पुरीले जानकारी दिनुभयो । उहाँका अनुसार अधिकांशको गुनासाहरु समाधान गरिसकिएको छ ।
यस्तै चितवनमा ८ हजार ५६ पटक प्रहरी गस्ती गरिएको छ । जिल्लामा ५६ वटा बन्द बिरोध जुलुस, र्याली भएको उहाँले जानकारी दिनुभयो । जिल्लामा १ हजार ३६० वटा मुद्दा दर्ता भएका छन् । त्यसमध्ये ९ सय ८४ वटा फछ्यौँट भएको उहाँले जानकारी दिनुभयो । बाँकी ३७५ वटा मुद्दा बिचाराधिन रहेको उहाँले बताउनुभयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























