साहित्य

शार्दुलबिक्रीडीत छन्द

Banner

अंकित कार्की, दोलखा

काठमाडौँ, वैशाख ८ –

तान्दै रक्सी चुरोटको कुलतमा , फस्ने हजारौँ भए
हल्लेरै सबथोक पुग्छ कि भनी, बस्ने हजारौँ भए ।।
कोदालो हँसिया कुटो अब झिकौँ, धेरै बनायौँ कुरा
साँच्चै राष्ट्र बनाउने मन भए, चल्नै पर्यो पाखुरा ।।

बाजेले दिनरात मेहनतले, पाखो बिराए कति
नातीले गरिखान पर्दछ भनि साँचिरहे सम्पत्ती ।।
छाड्यौ हो सबथोक गाउँ–घरको, खोजेर के–के भन
पुर्खाको पसिना त खण्डहर भो, झाडी भयो आँगन ।।

बारीमा भटमास आलु र मकै, रोपे हुने हो तर
पाखोमा सुन फल्छ मेहनतले, हेक्का कहाँ पो छ र ।।
भोको पेट भएर बाँच्न नपरे , चाहिन्छ लौ के अरु ।
जाने हो सपना अनेक थपिँदै, थाक्दैन आशाहरु ।।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>