समाचार

एमालेका महिला सांसदहरू साइबर बुलिङ नियन्त्रणको माग गर्दै साइबर ब्यूरो पुगे

Banner

काठमाडौं, चैत्र २३-
साइबर स्पेसमा महिलामाथि बढ्दो दुर्व्यवहार र अपमानजनक आक्रमणविरुद्ध नेकपा -एमालेका महिला सांसदहरू आफैँ अग्रसर हुँदै साइबर ब्यूरो पुगेका छन् ।

सामाजिक सञ्जालमै सीमित नभई मानसिक उत्पीडनसम्म पुर्‍याउने ‘साइबर बुलिङ’ नियन्त्रणका लागि कडा कारबाही र प्रभावकारी निगरानीको माग गर्दै उनीहरूले राज्य संयन्त्रको ध्यान खिचेका हुन् । संसदीय दलका रहेका सबै महिला सांसदहरू साइबर ब्यूरो पुगी सामाजिक सञ्जालबाट किशोरी एवं महिलामाथि ‘साइबर बुलिङ’ लगायत अपमानजनक गतिविधिको शिकार भएको भन्दै पहलकदमीस्वरूप ध्यानाकर्षण गराएका हुन् ।

पछिल्लो समय सामाजिक सञ्जाल तथा विभिन्न भर्चुअल प्लेटफर्महरूमार्फत महिलाहरू, विशेषगरी किशोरीहरू, साइबर बुलिङ, दुव्र्यवहार, अपमानजनक व्यवहार, घृणायुक्त टिप्पणीहरूका कारण मानसिक उत्पीडनको शिकार हुँदै आएको एमाले संसदीय दलका महिलाहरूको संयुक्त ठहर छ ।

यस्ता गतिविधिले पीडितको आत्मसम्मान, मानसिक स्वास्थ्य तथा सामाजिक सुरक्षामा गम्भीर असर पारिरहेको ध्यानाकर्षण पत्रमा उल्लेख छ । ध्यानाकर्षण पत्रमा भनिएको छ, “यस समस्याको न्यूनीकरण तथा रोकथाम गर्न सम्बन्धित निकायबाट थप सक्रियता र प्रभावकारी हस्तक्षेप आवश्यक देखिएको छ ।”

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>