समाचार
बयानमा लेखकले भने– गृहमन्त्रीसँग गोली चलाउन आदेश दिने अधिकार हुँदैन
०

काठमाडौं, चैत्र १८-
पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकले गृहमन्त्रीसँग गोली चलाउन आदेश दिने अधिकार नभएको बयान दिएका छन् । बुधबारदेखि उनको बयान सुरु भएको छ । प्रहरी हिरासतमा रहेका लेखकलाई बयानका लागि प्रहरी परिसर काठमाडौं लगिएको थियो ।
महाराजगन्जस्थित नेपाल प्रहरीको दुई नम्बर गणबाट बयानका लागि परिसर लगिएका लेखकले भदौ २३ मा गोली चलाउने आदेश आफूले नदिएको बताएका छन् ।
बयानमा सहभागी एक अधिकारीका अनुसार लेखकले गोली हान्न आदेश दिने अधिकार गृहमन्त्रीसँग नरहेको उल्लेख गरेका छन् ।
भदौ २३ गते भएको जेनजी आन्दोलनमा प्रदर्शनकारीलाई दमन गरेको आरोपमा जाँचबुझ आयोगको प्रतिवेदनमा सिफारिस भएअनुसार प्रहरीले उनलाई चैत १४ गते पक्राउ गरेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























