समाचार

समानुपातिकमा अन्याय भएको भन्दै कांग्रेस नेतृ तिमिल्सेना पुगिन् सर्वोच्च

Banner

काठमाडौं, चैत्र १८-
समानुपातिक सूचीको पहिलो नम्बरमा रहेर पनि निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यमा निर्वाचित नगराएको प्रश्न उठाउँदै कांग्रेस नेतृ विद्यादेवी तिमिल्सेनाले सर्वोच्च अदालतमा रिट दायर गरेकी छन् ।

तिमिल्सेनाले समानुपातिक सूचीको खस आर्य महिला ‘क्लस्टर’बाट पहिलो सूचीमा रहे पनि पुरुषबाट समानुपातिक सूचीको ७ औँ नम्बरमा रहेका व्यक्तिलाई आयोगले निर्वाचित गरेको दाबी गरेकी छन् ।

उनले आफूलाई समानुपातिक सांसदमा नराखेर कालिबहादुर सहकारीलाई सूचीमा पारिएको भन्दै बदर गर्न माग गरेकी छन् । तिमिल्सेनाको रिटमा आगामी चैत २५ गतेका लागि सुनुवाइका लागि पेसी तय भएको छ । यो रिटमाथि सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाइ हुनेछ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>