अन्तर्राष्ट्रिय

इरानको कराजस्थित तेल डिपोमा आक्रमणः मर्नेको सङ्ख्या ६ पुग्यो

Banner

तेहरान,फागुन २४ –

इरानको अल्बोर्ज प्रान्त अन्तर्गत पर्ने कराज सहरको फर्दिस तेल भण्डारण केन्द्रमा भएको आक्रमणमा कम्तीमा ६ जनाको मृत्यु भएको छ । यस घटनामा २१ जना घाइते भएको बताइएको छ ।

इरानी अर्धसरकारी तस्निम समाचार एजेन्सीले स्थानीय सुरक्षा अधिकारीलाई उद्धृत गर्दै दिएको जानकारी अनुसार अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि उक्त तेल डिपोमा ठुलो आगलागी भएको थियो ।

अधिकारीका अनुसार मृत्यु हुनेमध्ये डिपो नजिकैका घरमा बस्ने स्थानीय बासिन्दा पनि रहेका छन् । घाइतेहरूलाई उपचारका लागि नजिकका अस्पतालमा भर्ना गरिएको छ । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>