अन्तर्राष्ट्रिय

इरानद्वारा इजरायलतर्फ नयाँ मिसाइल आक्रमण सुरु

Banner

तेल अभिभ ,फागुन २१ –

इरानबाट फेरि मिसाइल आक्रमण शुरु भएको इजरायलले जनाएको छ । इजरायली रक्षा बल (आईडीएफ) ले बिहीबार बिहान इरानबाट प्रहार गरिएका नयाँ मिसाइलहरूको लहर पहिचान भएको जानकारी दिएको हो ।

टेलिग्राममार्फत जारी गरिएको वक्तव्यमा आईडीएफले देशका हवाई रक्षा प्रणाली सक्रिय अवस्थामा रहेको र सम्भावित खतरा रोक्न मिसाइल अवरोध गर्ने प्रयास भइरहेको जनाएको छ ।

साथै सर्वसाधारणलाई सुरक्षा निर्देशिकाको पालना गर्न आग्रह पनि गरिएको छ । ‘जनतालाई जिम्मेवार भएर व्यवहार गर्न र निर्देशनहरू पालना गर्न अनुरोध गरिन्छ– ती निर्देशनहरूले ज्यान जोगाउँछन्,’ आफ्नो सन्देशमा आईडीएफले भनेको छ । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>