अन्तर्राष्ट्रिय

सर्वोच्च नेता छनोटको तयारीबिच आयो खामेनीका छोरा बाँचेको रिपोर्ट

Banner

तेहरान,फागुन २० –

इरानले नयाँ सर्वोच्च नेता चयन गर्ने तयारी गरिरहेका बेला दिवंगत आयातोल्ला अली खामेनीका छोरा मोज्तबा खामेनी इरानमाथि भएका आक्रमणमा सकुशल रहेको दुई इरानी स्रोतलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

मोज्तबा खामेनी शनिबार इजरायली आक्रमणमा मारिएका अली खामेनीका दोस्रो छोरा हुन् । उनलाई इरानको सम्भावित आगामी सर्वोच्च नेताका रूपमा हेरिएको छ ।

यसैबिच, इरानी सरकारी सञ्चारमाध्यमहरूले अली खामेनीको अन्त्येष्टि समारोह आज आयोजना हुने तयारी रहेको बताएका छन् ।

बीबीसीकी प्रमुख अन्तर्राष्ट्रिय संवाददाता लिस डुसेका अनुसार खामेनीपछिको नेतृत्व कसले सम्हाल्ने भन्ने विषयमा इरानभित्र गम्भीर चासो र राजनीतिक चलखेल बढिरहेको छ । न्युज एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>