अन्तर्राष्ट्रिय

ज्योतिषीको डरलाग्दो भविष्यवाणी: विवाहअघि नै २७ वर्षीया सफ्टवेयर इन्जिनियरले लिइन् ज्यान

Banner

काठमाडौँ,फागुन २० –

भारतको कर्नाटक राज्यस्थित बेंगलोरमा एक २७ वर्षीया महिलाले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेकी छिन्। ज्योतिषीले उनको वैवाहिक जीवनबारे गरेको नकारात्मक भविष्यवाणीका कारण उनी गम्भीर मानसिक तनावमा रहेको प्रहरीले सोमबार जनाएको छ। बेंगलोरको बगालागुन्टेस्थित एमईआई लेआउटमा गत शुक्रबार यो दुखद घटना भएको हो।

प्रहरीका अनुसार मृतक विद्याज्योति एक सफ्टवेयर इन्जिनियर थिइन्। उनी अर्कै जातका पुरुषसँग प्रेम सम्बन्धमा थिइन्। उनको इच्छाअनुसार नै दुवै परिवारले विवाहका लागि पूर्ण सहमति जनाइसकेका थिए। तर केही समयअघि उनका आमाबाबुले एक ज्योतिषीसँग परामर्श लिँदा उनले विवाहको दुई वर्षमै दम्पतीबिच ठूलो मनमुटाव भई सम्बन्धविच्छेद हुन सक्ने भविष्यवाणी गरिदिएका थिए।

यस समस्याको समाधानका रूपमा ज्योतिषीले नौ दिनको विशेष धार्मिक अनुष्ठान गर्न सल्लाह दिएका थिए। सोहीअनुसार परिवारले अनुष्ठान पनि सुरु गरेका थिए। तर अनुष्ठानको नवौँ दिनमा जब आमाबाबु घरबाहिर थिए, विद्याज्योतिले आफ्नो कोठाको सिलिङ फ्यानमा झुण्डिएर ज्यान लिइन्।

साँझ अबेरसम्म पनि उनले ढोका नखोलेपछि उनका बुबाले ढोका फोडेर हेर्दा उनलाई मृत अवस्थामा फेला पारेका थिए। शिक्षित युवतीले समेत यस्तो अन्धविश्वासपूर्ण भविष्यवाणीका कारण ज्यान फालेको भन्दै यो घटनाले स्थानीय क्षेत्रमा ठूलो चर्चा र चिन्ता पैदा गरेको छ। बगालागुन्टे प्रहरीले यसलाई अप्राकृतिक मृत्युको रूपमा उजुरी दर्ता गरी थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ। एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>