समाचार
प्रधानमन्त्री कार्कीले बोलाइन् सुरक्षा परिषद्को बैठक
०

काठमाडौं, फागुन २० –
प्रधानमन्त्री सुशीला कार्कीले भोलि (फागुन २१) हुने निर्वाचन तयारी र सुरक्षाबारे छलफल गर्न राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएकी छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज दिउँसो ३ बजे बस्ने गरी प्रधानमन्त्री कार्कीले बैठक बोलाएकी हुन् ।
बैठकमा प्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव, प्रधानसेनापति गरी ६ जना सहभागी हुने छन् । न्युज बैंक
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























