अन्तर्राष्ट्रिय

इरानका सर्वोच्च नेता खामेनीकी श्रीमतीको पनि मृत्यु

Banner

काठमाडौँ , फाल्गुन १९-

इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीको मृत्यु भएको दुई दिनपछि उनकी श्रीमती मन्सुरेह खोझस्तेह बघेरजादेहको पनि निधन भएको छ।

खामेनीको हत्या गर्ने अमेरिकी र इजरायली आक्रमणमा दुई दिनअघि मन्सुरेह घाइते भएकी थिइन्। इरानी राज्य सञ्चारमाध्यमले उपचारका क्रममा सोमबार मन्सुरेहको मृत्यु भएको पुष्टि गरेको छ।

मन्सुरेहले १९६४ मा अयातोल्लाह अली खामेनीसँग विवाह गरेकी थिइन्, त्यतिबेला खमेनी एक युवा धार्मिक नेता थिए। १९४७ मा मशहदमा जन्मिएकी मन्सुरेह एक धार्मिक परिवारबाट आएकी थिइन्। उनका बुबा अयातोल्लाह मोहम्मद बाघेर खोझस्तेह मशहदका एक प्रमुख धार्मिक नेता थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>