अन्तर्राष्ट्रिय
सर्वोच्च नेताको हत्यापछि इरानमा शोक र उत्सव

तेहरान , फागुन १७-
अमेरिका र इजरायली हवाई आक्रमणमा सर्वोच्च नेता आयतुल्ला अली खामेनी मारिएको खबर सुनेर इरानमा केही नागरिकहरूले खुसी व्यक्त गरेका छन् । बीबीसी पर्सियनले इरानका केही सहरहरूमा भएको उत्सवको भिडियोहरू प्रसारण गरेको छ ।
तर आइतबार बिहान सडकमा सर्वोच्च नेताको मृत्युमा शोक व्यक्त गर्नका लागि आयोजित कार्यक्रम समर्थकहरूद्वारा देखिएका छन् । समय बिहानको भएकाले दिनको अन्त्यतिर अवस्था फेरिन सक्ने अनुमान गरिएको छ ।
इरानको मध्यभागको इस्फहान सहरका सडकमा मानिसहरू खुशीले हर्ष ध्वनि गर्दै र कार हर्न बजाउँदै निस्किएका छन् । केही प्रदर्शनकारीले पनि घर र सडकमा उत्सव मनाएका छन् । तेहरान नजिकको सहर करजमा पनि उत्सव भएको रोयटर्सले जनाएको छ ।
समाचार एजेन्सीहरूका अनुसार तेहरानबाट सार्वजनिक गरिएका तस्बिरमा भने केही मानिसहरूले खमेनीको फोटो समातेर शोक प्रकट गरिरहेका देखिन्छन् । न्युज एजेन्सी नेपाल



























