क्रिकेट

फागुन १ देखि पाँचौं गैंडाकोट मेयर कप टी–२० क्रिकेट, ७ प्रदेशसहित ८ टिम सहभागि

Banner

गैंडाकोट, माघ २७–

नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)को गैंडाकोटमा फागुन १ गतेदेखि पाँचौं गैंडाकोट मेयर कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ ।

नव जागरण ग्रामीण विकास केन्द्रको आयोजना र नवलपुर जिल्ला क्रिकेट संघको सह–आयोजनामा राष्ट्रियस्तरको टी–२० क्रिकेट प्रतियोगिता आयोजना गरिएको हो । गैंडाकोट–९ थुम्सीस्थित नव जागरण क्रिकेट मैदानमा हुने प्रतियोगिता फागुन ५ गतेसम्म चल्ने छ ।

गैंडाकोट नगरपालिकामा आज (मंगलबार) पत्रकार सम्मेलन गरि प्रतियोगिताको ट्रफी र खेलको तालिका सार्वजनिक गरिएको छ । गैंडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारीले ट्रफी सार्वजनिक गर्दै यो प्रतियोगिता नगरको गौरव रहेको बताए । प्रतियोगितामा ७ प्रदेश र गैंडाकोट मेयर्स ११ गरी कुल ८ टिमले सहभागिता जनाउने कार्यक्रम संयोजक रामचन्द्र सापकोटाले जानकारी दिए । ८ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको उद्घाटन खेलमा समूह ‘ए’ मा रहेको आयोजक मेयर्स ११ र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको विजेताले नगद ३ लाख, उपविजेताले नगद २ लाख रुपैयाँ प्राप्त गर्नेछ । यस्तै व्यक्तिगत विधातर्फ प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद २५ हजार रुपैयाँ, उत्कृष्ट ब्याटर, बलर, फिल्डर र विकेट किपरले समान १५ हजार रुपैयाँ, उत्कृष्ट क्याच गर्नेले १० हजार र प्रत्येक प्लेयर अफ द म्याचले नगद ५ हजार रुपैयाँ प्राप्त गर्ने प्रतियोगिताका निर्देशक धामनाथ सापकोटाले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>