Breaking News

एनपीएलमा अर्धशतकको वर्षा, अहिलेसम्म २४ अर्धशतक र एक शतक प्रहार

०
Banner

काठमाडौं,मंसिर १ –

राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा अर्धशतकको संख्या २४ पुगेको छ ।

लुम्बिनी लायन्सका निरोशन डिककोइलाले सुदूरपश्चिमविरूद्ध अर्धशतक प्रहार गरेसंगै अर्धशतकको संख्या २४ पुगेको हो ।

जारी एनपीएलमा हालसम्म २४ अर्धशतक र एक शतक प्रहार भएको छ । सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले ३ पोखरा एभेन्जर्सका कुशल भुर्तेल, पोखराकै युवराज साम्रा, काठमाडौं गोर्खाजका राशिद खान र विराटनगर किङ्सका लोकेश बमले दुईरदुई अर्धशतक हिर्काएका छन् ।

विराटनगरका इमरान शेख,आन्द्रे रसेल, चरिथ असलङ्का, काठमाडौं गोर्खाजका डेभिड वार्नर, जनकपुर बोल्ट्सका तृतराज दास, मोइन अली, शैफ हसन, कर्णाली याक्सका कप्तान सोमपाल कामी, डेभिड मिलर,हुसैन तलत, चितवन राइनोजका डेभिड मलान,रवि बोपराले अर्धशतक हिर्काएका थिए ।

यो सिजनमा शतक हिर्काउने एकमात्र खेलाडी पोखरा एभेन्जर्सका युवराज सामरा हुन् । उनले कर्णाली याक्सकाविरूद्ध ४५ बलमा शतक पूरा गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>