Breaking News

सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी लायन्स फाइनलमा

०
Banner

काठमाडौं,मंसिर १ –

राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल) अन्तरगत पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गरेर लुम्बिनी लायन्स फाइनलमा पुगेको छ ।

जितका लागि पाएको १०६ रनको लक्ष्य लुम्बिनीले १६.४ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो। जसमा निरोशन डिक्वेलाले ५९ रन जोडे ।

यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १०५ रन बनायो । जसमा कप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतकी पारी खेल्दै ५२ र इशान पाण्डेयले २७ रनको योगदान गरे। लुम्बिनीका शेर मल्ल र रूबेल ट्रम्पलमेनले २र२ विकेट लिए ।

पराजित भएको सुदूरपश्चिमले दोस्रो क्वालिफायरमा इलिमिनेटरको विजेतासँग खेल्न पाउनेछ ।

इलिमिनेटरमा भोलि काठमाण्डौ गोर्खाज र चितवन राइनोज खेल्नेछन् ।

फाइनल खेल मंसिर ५ गते हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>