देश/प्रदेश
पोल्यान्डमा झापाका लिम्बूको मृत्यु
०

काठमाडौँ, माघ ३-
पोल्यान्डमा एक नेपालीको निधन भएको छ। ६ महिनादेखि कोमामा रहेका झापाको कमल गाउँपालिका-६ पञ्चकन्या लखनपुर घर भएका ४२ वर्षीय गोपालबहादुर लिम्बू शेर्माको उपचारका क्रममा निधन भएको हो । रोमानिया हुँदै २०२५ अप्रिल १६ देखि पोल्यान्डमा रहेका लिम्बूको यही जनवरी १० मा मृत्यू भएको हो।
उच्च रक्तचापका बिरामी लिम्बूलई गत अगस्टमा अचानक मस्तिष्काघात भएको थियो। त्यसपछि एसडब्ल्यू आग्नेय मेखोवे अस्पतालमा भर्ना गरिएका उनको एक साताअघि मृत्यु भएको सँगै काम गर्ने लिम्बूका भतिज दिनेश लिम्बू शेर्माले जानकारी दिए। उनका अनुसार कोमामा रहेकै अवस्थामा गोपालको मृत्यु भएको हो।पोल्यान्डको क्राको सहरस्थित ग्रान्ड प्लस एजेन्सीमा उनी फलफूल तथा हरियो सागपात प्याकेजिङ गर्ने वेयर हाउसको काम गर्थे।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























