देश/प्रदेश
आज घट्यो सुनको मूल्य
०

काठमाडौं, माघ १-
नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनतोलामा १५ सय रुपैयाँले घटेको हो ।
योसँगै आज सुन प्रतितोला दुई लाख ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन हिजो (पुस ३०) गते सुन दुई लाख ७८ हजार रुपैयाँ कारोबार भएको थियो । उक्त मूल्य हालसम्मकै उच्च थियो ।
त्यस्तै, चाँदीको मूल्य आज पाँच हजार ४८५ रुपैयाँ तोकिएको छ । अघिल्लो दिनको तुलनामा १७० रुपैयाँले घटेको हो । बुधबार पाँच हजार ६५५ रुपैयाँमा कारोबार भएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























