देश/प्रदेश

कोरला नाकाबाट दुई करोड २४ लाखका भेप बराबद

Banner

मुस्ताङ, पुस २९ –

कोरला नाकाबाट रु दुई करोड २४ लाख मुल्य बराबरका विद्युतीय चुरोट ९भेप० बरामद भएको छ ।

नेपाल प्रहरी,सशस्त्र प्रहरी बल र मुस्ताङ भन्सार कार्यालयले सोमबार साँझ ना ६ ख ७५९१ नम्बरको कन्टेनरबाट १६ हजार थान भेप बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष बस्यालका अनुसार कन्टेनर र त्यसका चालक सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका—५का पेमा लामालाई नियन्त्रणमा लिइएको छ ।

यसअघि गत वर्ष पनि रु ६ करोड ८१ लाख बराबरका भेप बरामद भएका थिए । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>