देश/प्रदेश
बैतडीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु
०

बैतडी, पुस २८-
जयपृथ्वी राजमार्ग अन्तर्गत पाटन नगरपालिका–८ साँडीघाँटीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
मोतिनगरबाट डडेल्धुरा जाँदै गरेको म१ ज २२४ नम्बरको बोलेरो जिप अनियन्त्रित भएर सडकबाट ३०० मिटर तल खसेको हो । दुर्घटनामा परेर तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयो ।
मृतक तीनै जना पुरूष रहेका र सनाखत हुन नसकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्युु भएको खबर छ, सनाखत हुन सकेको छैन ।”
जिपमा कति जना सवार रहेका थिए भन्नेसमेत खुल्न सकेको छैन । अन्य सबै घाइते रहेको बुझिएको छ । घाइतेलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























