देश/प्रदेश
माघीमा थारू समुदायमा माइतीमा दाउरा लैजाने चलन हरायो
०

तुलसीपुर (दाङ), पुस २७-
माघीका अवसरमा दाउरा लिएर माइती लैजाने चलन थारू समुदायमा हराउँदै जान थालेको छ । वनबाट दाउरा ल्याउन नसक्ने आमाबुबाका लागि दाउरा लगिदिने चलन थियो ।
माइतीमा दाउरा लैजाने चलन अहिले प्रायः हराएको तुलसीपुर–१८ निवासी फूलमान चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले माघीमा माइतीमा दाउरा लैजाने चलन थियो, अहिले त्यो चलन हराइसकेको छ ।”
आफूहरूले समेत माइतीमा दाउरा लैजाने गरेको भए पनि अहिले त्यो चलन हराएको उहाँको भनाइ छ । अहिले घरघरमा हिटरको समेत प्रयोग हुने तथा पहिलेजस्तो दाउराको समस्या पनि नहुने भएकाले त्यसरी दाउरा लैजाने चलन हराएको हुनसक्ने थारू अगुवा खुसीराम चौधरीले बताउनुभयो । “अहिले घरघरमा हिटर हुन्छ, पहिलेजस्तो समस्या पनि हुँदैन”, उहाँले भन्नुभयो, “त्यसैले पनि अहिले यो चलन हराएको हुनसक्छ ।” रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























