समाचार

दृष्टिबिहीन छात्राबासमा लायन्सको खाद्यान्न लगायतका सामान सहयोग

Banner

कुश्मा,पुस २७-

लायन्स क्लब अफ शिवालय कुश्मा र लायन्स क्लव अफ अलपेश्वर पर्वतद्धारा दृष्टिबिहीन छात्राबासमा खाद्यान्न लगायतका सामान सहयोग गरिएको छ । आज (आइतबार) हंगर रिलिफ सर्भिस वीक अन्तर्गत शिवालय मावि कुश्माको दृष्टिबिहीन छात्राबासमा अध्ययनरत विद्यार्थीका लागि सो सामाग्री हस्तान्तरण गरिएको हो । दुवै क्लबका संयुक्त आयोजनामा विभिन्न सामाजिक काम भइरहका छन ।

दृष्टिबिहीन विद्यार्थीलाई अध्ययन अध्यापनमा थोरै भएपनि सहजता प्रदान होस भन्ने उदेश्यले सहयोग गरिएको लायन्स क्लब अफ शिवालय कुश्माका अध्यक्ष थानेश्वर पौडेलले बताउनुभयो । उहाँले क्लवले अन्य आवश्यकताका आधारमा छात्राबासलाई निरन्तर सहयोग गरिरहने प्रतिबद्धता जनाउनुभयो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>