Breaking News

चिसापानीगढी दुर्घटना : ज्यान गुमाउने सबैको परिचय खुल्यो

०
Banner

काठमाडौँ, कात्तिक २६-

मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीमा बिहीबार बिहान भएको सवारी दुर्घटनामा परी ज्यान गुमाउने चालकसहित ११ जनाको पहिचान खुलेको छ।

घटनास्थलबाट उद्धार टोलीले ५ महिला र ६ पुरुष गरी ११ जनाको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव काफ्लेले जानकारी दिए।

मृतकमध्ये १० जना सर्लाहीकै चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुर टोलका बासिन्दा रहेको उनले बताए। दुर्घटनामा एकै परिवारका आमा र तीन छोरी तथा अर्को परिवारका श्रीमान्–श्रीमतीकै मृत्यु भएको हो।

ज्यान गुमाउनेहरूमा ३५ वर्षीया पुनम यादव र उनका तीन छोरीहरू क्रमशः १० वर्षीया अनु कुमारी यादव, ७ वर्षीया दिक्षा यादव र ५ वर्षीया दिपिका यादव छन्। यस्तै ३६ वर्षीय गुड्डु यादव र उनकी श्रीमती ३२ वर्षीया गायत्रीदेवीको मृत्यु भएको छ। यस्तै २६ वर्षीय बिकेश यादव, २६ वर्षीय राम दुलार यादव, २५ वर्षीय सुबोध यादव र १५ वर्षीय रोहन यादवको पनि ज्यान गएको प्रवक्ता काफ्लेले जानकारी दिए।

दुर्घटनामा ज्यान गुमाउने सवारी चालक सर्लाही जिल्लाको कबिलासी गाउँपालिका-८ निवासी ३० वर्षीय रवि शंकर कुमार मण्डल रहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>