देश/प्रदेश

झापामा जङ्गली हात्ती मृत फेला

Banner

बनियानी(झापा), पुस २२ –

यहाँको बुद्धशान्ति गाउँपालिका–३ स्थित डाँडागाउँमा एउटा जङ्गली हात्ती मृत फेला परेको छ ।

डाँडागाँउका लालबहादुर रसाइलीको खेतमा आज बिहान जङ्गली भाले हात्ती मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय बुधबारेको प्रहरी टोलीले घट्नास्थल सुरक्षित राखेको छभने डिभिजन वन कार्यालय झापाको टोली घटनास्थलमा पुगेर मुचुल्का तयारी गरिरहेको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

योसँगै झापामा चालू आर्थिक वर्षमा मात्रै दुई वटा हात्तीको मृत्यु भइसकेको डिभिजन वन कार्यालय झापाका वन अधिकृत हिमाल पाठकले बताउनुभयो । हात्तीको आक्रमणबाट चालू आवमा हालसम्म चार जनाको मृत्यु भइसकेको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>