देश/प्रदेश

एघारौँ राष्ट्रिय ज्ञानमाला सम्मेलन पोखरामा हुने

Banner

गण्डकी, पुस २२ –

राष्ट्रिय ज्ञानमाला सङ्घ, नेपालको तत्वावधान एवं ज्ञानमाला सङ्घ, धर्मशिला बुद्ध विहार, नदीपुर पोखराको व्यवस्थापनमा यही पुस २६, २७ र २८ गते पोखरामा एघारौँ राष्ट्रिय ज्ञानमाला सम्मेलन हुने भएको छ ।

सम्मेलनबारे जानकारी दिन सोमबार यहाँ आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय ज्ञानमाला सङ्घ नेपालका अध्यक्ष रमना श्रेष्ठले ज्ञानमाला सङ्घ, धर्मशिला बुद्ध विहारको व्यवस्थापनमा सम्मेलन गर्न लागिएको जानकारी दिनुभयो । ज्ञानमाला भजनका माध्यमबाट बुद्ध शिक्षालाई जनजनमा व्यापक पुर्‍याउने उद्देश्यका साथ प्रत्येक तीनरतीन वर्षमा काठमाडौँसहित विभिन्न जिल्लामा राष्ट्रिय ज्ञानमाला सम्मेलन गरिँदै आइएको उहाँले बताउनुभयो ।

सम्मेलनका लागि ३५१ सदस्यीय मूल समारोह समितिसँगै विभिन्न २५ वटा उपसमिति गठन गरिएको छ । सम्मेलनमा देशभरि रहेका १४४ ज्ञानमाला भजन सङ्घमध्ये भारतको सिक्किमबाट गरी ८५ वटा भजन सङ्घका एक हजार २०० भन्दाबढी प्रतिनिधि सहभागी बन्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।
अध्यक्ष श्रेष्ठका अनुुसार सम्मेलनकै अवसरमा ज्ञानमालाका संस्थापक भन्नेहरूको पुण्य स्मृतिमा ‘भिक्षु धम्मालोक तथा भिक्षु अमृतानन्द राष्ट्रिय अभिनन्दन’ गरिने योजनाअनुुरुप यस वर्ष नेपालको थेरवाद बुद्ध शासनलाई संरक्षण, सम्वर्द्धन तथा चिरस्थायी बनाउन महत्वपूर्ण योगदान गर्ने व्यक्तिहरू राष्ट्रिय ज्ञानमाला सङ्घ नेपालका संरक्षक प्रा सुवर्ण शाक्य र बौद्ध विद्वान तीलकमान गुभाजुलाई राष्ट्रिय अभिनन्दन गरिनेछ । त्यस्तै कार्यक्रममा ज्ञानमाला भजनका वरिष्ठ सङ्गीतकार राजभाइ बज्राचार्य पुण्यस्मृति कोषबाट वरिष्ठ गायिका तीर्थकुमारी थापालाई पनि राष्ट्रिय अभिनन्दन गरिने आयोजकले जनाएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>