देश/प्रदेश

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानद्वारा देशव्यापी गीति रचना प्रतियोगिता

Banner

काठमाडौँ, पुस २१ –

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले देशव्यापी गीति रचना प्रतियोगिता आयोजना गर्ने भएको छ ।

प्रतिष्ठानको ७० औँ वार्षिकोत्सवका अवसरमा प्रतिष्ठानले प्रहरी प्रशिक्षण प्रतिष्ठान गान निर्माण गर्ने उद्देश्यले देशव्यापी खुला प्रतिष्ठान गान गीति रचना प्रतियोगिता आयोजना गर्न लागेको हो ।

प्रतिष्ठानले आज एक सूचना जारी गरी प्रतियोगितामा भाग लिन चाहने महानुभावले माघ १५ गतेभित्र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको महाराजगञ्ज स्थित कार्यालयमा उपस्थित भई आफ्नो रचना दर्ता गर्न वा इमेल गर्न सक्नेछन् ।

प्रतिष्ठानले निर्णायकबाट छनोट भएका उत्कृष्ट गीति रचनालाई रु ५१ हजार नगद पुरस्कार र प्रशंसापत्र प्रदान गर्ने जनाएको छ । दोस्रो र तृतीय हुने रचनालाई प्रहरीबाट प्रकाशित हुने पत्रिकामा समावेश गर्ने जनाएको छ । प्रतियोगितामा उत्कृष्ट भएको गीति रचनालाई सङ्गीत दिई प्रहरी प्रशिक्षण प्रतिष्ठान गानका रूपमा प्रहरीले प्रयोग गर्ने पनि प्रतिष्ठानले जनाएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>