Breaking News
भीमफेदी-कुलेखानी-काठमाण्डौ सडकमा सुमो दुर्घटनाः छ जनाको मृत्यु
०

बागमती, पुस २०-
हेटौँडा–काठमाडौँ जोड्ने भीमफेदी–कुलेखानी–काठमाण्डौ सडक खण्डअन्तर्गत भीमफेदी गाउँपालिका—६ जुरीखेतस्थित सडकमा आज साँझ भएको सुमो गाडी दुर्घटनामा छ जनाको मृत्यु भएको छ । काठमाडौँबाट हेटौडातर्फ आउदै गरेको ना१ज १७७८ नंको सुमो गाडी दुर्घटना हुदाँ घाइते भएका नौ जनामध्ये छ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता, प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो । मृतकहरूको सनाखत हुन बाँकी छ ।
प्रवक्त बोगटीका अनुसार घाइतेलाई उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पु¥याइएको थियो । तीन जनाको भने सोही हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























