समाचार

पाथीभरा क्षेत्रमा हिमपात

Banner

ताप्लेजुङ, पुस १९-

ताप्लेजुङको पाथीभरा क्षेत्रमा आज साँझदेखि हिमपात भएको छ । हिमपात भएसँगै पाथीभरा क्षेत्रमा चिसो बढेको छ ।“पाथीभरा क्षेत्रमा बिहान एकपटक छार्के परेको थियो, साँझदेखि हल्का हिउँ पर्न थाल्यो, चिसो बढेको छ”, पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले भन्नुभयो ।

यसअघि पाथीभरा क्षेत्रमा गत मङ्सिर ६ गते सामान्य हिमपात भएको थियो । केही दिनअघिसम्म मौसम खुले पनि पछिल्ला दिनमा मौसम धुम्मिएकाले जिल्लाभर चिसो बढेको छ । आज दिउँसो सदरमुकाम फुङ्लिङ सहितका ठाउँमा छिटफुट वर्षासमेत भएको थियो ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>