देश/प्रदेश
साँखु शालीनदीमा एकमहिने माधवनारायण मेला सुरु
०

काठमाडौँ, पुस १९ –
राजधानीको उत्तरपूर्वी भेगस्थित साँखुमा रहेको शालीनदीमा एकमहिने माधवनारायण मेला सुरु भएको छ ।
पौष शुक्ल पूर्णिमादेखि सुरु हुने मेलामा हजारौँ भक्तजनको उपस्थिति रहेको मेला व्यवस्थापन समितिले जनाएको छ । माधवनारायण मेलामा १७५ ले व्रत गरिरहेको समितिका अध्यक्ष विकासमान सिंहले राससलाई जानकारी दिनुभयो ।
मेलामा महिला १६२ र पुरुष १३ को सहभागिता छ । मेला माघ १८ गतेसम्म सञ्चालन हुनेछ । मेलाको पहिलो दिन दाताको सहयोगमा नगरकोट डाँडाबाट पुष्पवृष्टिसमेत गरिएको समितिले जनाएको छ ।
मेलामा शालीनदीमा स्नानसहित माधवनारायण र स्वस्थानी माताको पूजा, आराधना आकर्षणको केन्द्रमा रहने गरेको छ । मेलामा विशेषगरी शनिबार बढी भक्तजनको उपस्थिति रहने गर्छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























