देश/प्रदेश

बोहरा, खत्री र झालाई उपरथीको दर्ज्यानी चिह्न प्रदान

Banner

काठमाडौँ, पुस १८ –

प्रधानसेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा हालै पदोन्नति हुनु सहायकरथीत्रय रामसुन्दर बोहोरा, भुवन खत्री र प्राविधिक धर्मेन्द्रकुमार झालाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ ।

सैनिक मुख्यालय जङ्गीअड्डामा आज आयोजित कार्यक्रममा उहाँहरू तीनै जनालाई दर्ज्यानी चिह्न प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सोही अवसरमा सहायक रथी दर्जामा पदोन्नति भएका एक महासेनानी र महासेनानी दर्जामा पदोन्नति हुनुभएका पाँच जना प्रमुख सेनानीलाई समेत दर्ज्यानी चिह्न प्रदान गरिएको थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>