देश/प्रदेश

एटीएम तोडफोड गरेको आरोपमा दुई युवक पक्राउ

Banner

काठमाडौँ, पुस १७-

एटीएम तोडफोड गरेर आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ। तोडफोड गरेर पैसा चोर्न खोजेको आरोपमा प्रहरीले ललितपुरको चापागाउँ दोबाटोबाट दुई युवकलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर, ललितपुरका अनुसार ललितपुरकै बागमती गाउँपालिका-३ माल्टा घरभइ ललितपुर-२७, सुनाकोठी बस्ने १९ वर्षीय सरोज पाख्रिन र सिन्धुपाल्चोक घर भई ललितपुर-२३, धापाखेल बस्ने १८ वर्षीय सुनिल विकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

गए राति ११ बजेपछि कुमारी बैंकको एटीएम तोडफोड भएको भन्दै आएको गोप्य सूचनाका आधारमा प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरी टोलीले भाग्दै गरेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको थियो।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>