गण्डकी
कुश्मामा बृहत आँखा जाँच तथा निःशुल्क मोतियाबिन्दु अप्रेशन शिविर हुने
०

कुश्मा,पुस १६-
पर्वतको कुश्मामा बृहत आँखा जाँच तथा निःशुल्क मोतियाबिन्दु अप्रेशन शिविर हुने भएको छ । लायन्स क्लब अफ शिवालय कुश्मा पर्वत र लायन्स क्लब अफ पर्वत अलपेश्वरको आयोजनामा शिबिर हुन लागेको हो । प्रदेश अस्पताल वडगाउँ कुश्मामा पुस २३ गतेदेखि २५ गतेसम्म हुने शिबिरमा हिमालय आँखा अस्पताल पोखरा र प्रदेश अस्पताल (पर्वत अस्पताल) कुश्माले प्राविधिक सहयोग गरेका छन ।
बिशेषज्ञ चिकित्सकहरुको उपस्थितिमा आँखा शिविर आयोजना गरिएकाले सबै नागरिकलाई सेवा लिन अनुरोध गरिएको लायन्स क्लब अफ शिवालय कुश्मा पर्वतका अध्यक्ष थानेश्वर पौडेलले जानकारी दिनुभयो । उहाँले क्लबले सामाजिक कामलाई निरन्तरता दिइरहेको बताउनुभयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























