देश/प्रदेश

यातायात कार्यालयबाट १२ करोड बढी राजस्व सङ्कलन

Banner

काँक्रेविहार (सुर्खेत), पुस १५ –

भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था कार्यालय एवं सेवा कार्यालयबाट रु १२ करोड बढी राजस्व सङ्कलन भएको छ ।

कर्णाली प्रदेशका तीन ठाउँमा रहेका यातायात व्यवस्था कार्यालयबाट चालु आर्थिक वर्षको पाँच महिनामा रु १२ करोड ५७ लाख ७० हजार ६५९ राजस्व सङ्कलन भएको मन्त्रालयका सिनियर डिभिजन इन्जिनियर रमेश सुवेदीले जानकारी दिनुभयो । यातायात क्षेत्रको आम्दानी, चालक अनुमतिपत्र, सवारी दर्ता किताबसम्बन्धी दस्तुर, सवारीसाधन कर, प्रशासनिक दण्ड जरिवाना र जफत बापतको रकम सङ्कलन गरिएको हो ।

यातायात कार्यालय सुर्खेतबाट रु ११ करोड नौ लाख २० हजार ७३९ सङ्कलन भएको छ । जुम्लाबाट रु ६५ लाख ४२ हजार ३१९ सङ्कलन भएको जनाइएको छ । त्यसैगरी चौरजहारीस्थित कार्यालयबाट रु ८३ लाख सात हजार ६०१ सङ्कलन भएको प्रवक्ता सुवेदीले जानकारी दिनुभयो । प्रदेश सरकारले तीन ठाउँबाट सङ्कलन गरेको राजस्व हरेक महिना सार्वजनिक गर्दै आएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>