देश/प्रदेश
मोटरसाइकल दुर्घटनामा घाइते भएका चालकको मृत्यु
०

काठमाडौँ, पुस १५ –
बुढानीलकण्ठ नगरपालिका–७ गोल्फुटार चोकमा आज भएको मोटरसाइकल दुर्घटना परि घाइते भएका चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रामेछापको खाँडादेवी गाउँपालिका–३ का २५ वर्षीय अवी श्रेष्ठ रहेका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले राससलाई जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “आज बिहान गल्फुटार चोकस्थित सडकखण्डमा चक्रपथबाट हातिगौँडा चोकतर्फ आउदै गरेको बागमती प्रदेश ०२–०५२ प ५४०२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको छेउमा रहेको विद्युत्को खम्बामा ठक्कर खादाँ चालक घाइते भएका थिए, निजलाई त्रिवि शिक्षण अस्पताल पठाइएको र उपचारका क्रममा मृत्यु भएको हो ।” उक्त दुर्घटनाका विषयमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिहेको जनाएको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























