Breaking News

दाउन्नेमा १५ घण्टादेखि यातायात अवरुद्ध

Banner

बुटवल , पुस १५ –

पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्डमा शीतलहरले सडक चिप्लो भएपछि सवारी साधन आवागमन बन्द भएको छ ।

करिब १५ घण्टादेखि दाउन्ने खण्डको उकालो र ओरालोमा शीतलहरले बाटो भिज्दा गाडी चिप्लिएर गुड्न नसकेको इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रहरी नायव निरीक्षक ज्ञानप्रसाद काफ्लेले बताएका छन् ।

प्रहरीका अनुसार शीतलहर कम भएपछि सडक खुल्ने छ ।

निर्माणाधीन बुटवल नारायणगढ सडकखण्ड अन्तर्गत अन्य ठाउँमा सहज भए पनि दाउन्नेमा अझै काम बाँकी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>