देश/प्रदेश
नवलपरासीमा दुई लाख ५४ हजार मतदाता
०

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पुस १५ –
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्या निर्वाचनका लागि पश्चिम नवलपरासीमा कूल मतदाताको अन्तिममा नामावली सार्वजनिक भएको छ ।
जिल्ला निर्वाचन कार्यालय नवलपरासीका सूचना अधिकारी रामकरण लोनियाले जिल्लामा दुई लाख ५४ हजार १५७ जना कूल मतदाता रहेका जानकारी दिनुभयो । उहाँका अनुसार पुरुष एक लाख २९ हजार ९७० र महिला एक लाख २४ हजार १८३ जना रहेका छन् भने अन्यमा चार जना छन् ।
नयाँतर्फ ११ हजार ५०७ जनाले नामावली दर्ता गराएका लोनियाले बताउनुभयो । “नागरिकताबाट दर्ता गराउने छ हजार १४१ जना रहेका छन् र राष्ट्रिय परिचयपत्रबाट दर्ता गराउने पाँच हजार ३६६ जना छन्”, उहाँले भन्नुभयो, “मतदाता नामावलीमा नाम समावेश भए पनि १८ वर्ष पूरा नभएकाले मतदान गर्न पाउँदैनन् ।”रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>


























