देश/प्रदेश
दैलेखमा गाडीको ठक्करबाट एक जनाको मृत्यु
०

काँक्रेविहार (सुर्खेत), पुस १२ –
गाडीको ठक्करबाट शनिबार बिहान घाइते भएका दैलेखको डङे्गेश्वर गाउँपालिका–५ का ४३ वर्षीय जङ्गबहादुर बुढाको उपचारका क्रममा मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका–१ टेम्पो पार्कको सडकमा उनलाई गाडीले ठक्कर दिएको थियो ।
प्रहरीका अनुसार मदिरा सेवन गरेका बुढा सडकमा सुतिरहेको अवस्थामा अज्ञात गाडीले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । उनको प्रदेश अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी तथा प्रहरी निरीक्षक दीपक मगराठीले जानकारी दिनुभयो । ठक्कर दिने गाडीको खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























