देश/प्रदेश

आज मिति २०८२ साल पुस १२ गते शनिबार , यस्तो छ तपाईको राशिफल

Banner

चितवन, पुस १२ –

वि.सं.२०८२ साल पुस पुस १२ गते शनिबार, यस्तो छ ज्योतिषी भुपेन्द्र राज घिमिरेले तयार पार्नुभएको राशिफलः

मेषः

आज अनावश्यक रुपमा धन खर्च हुनेछ । अध्ययन अध्यापनमा मन जानेछैन । अरूका कुरामा खासै वास्ता गरिने छैन । संगीत वा कलाको क्षेत्रमा विशेष सफलता मिल्नेछ ।

वृषः

कृषि, उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । पार्टी तथा सेमिनारमा सहभागी भईएला । राज्य पक्षबाट हजुरको वौद्धिकता र योग्यताको कदर हुने छ । प्रेममा सफलता मिल्नाले मन प्रसन्न रहने छ ।

मिथुनः

उद्योग व्यापार व्यावसायमा वृद्धि हुनेछ । महत्वपूर्ण कामको थालनी हुनेछ । भाग्य अनुकुल रहला । सामाजिक सञ्जालमा नयाँ पद मिल्ने सम्भावना रहेको छ ।

कर्कटः

आज घरमा पाहुनाको सत्कारमा जुटिएला । धर्मकर्म तथा सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । मन एकाग्र रहनाले आँटेताकेका कामहरु बन्नेमा निश्चित देखिन्छ । कुनै शुभ समाचारले मनमा शान्ति छाउनेछ ।

सिंहः

मनले चिताएका कामहरु अधुरै रहलान् । शत्रुपक्ष वलवान हुनेछन् । झैझमेलाको स्थिती देखिन्छ । आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्नेछ । आफ्नो विशेष योजना सार्वजनिक नगर्नु भएमा राम्रो पक्ष हुन आउने छ ।

कन्याः

मित्रवर्गबाट पूर्ण सहयोग मिल्नेछ । स्वास्थ्य राम्रो रहनेछ । अध्ययनको लागि आजको दिन फलदायी रहनेछ । सट्टेबाजी र शेयर बजारमा गरेको लगानीले राम्रै प्रतिफल दिलाउनेछ । स्वादिष्ट भोजनको अवसर मिल्नेछ ।

तुलाः

आज शत्रु तथा प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । व्यापारव्यावसाय लगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ । आफन्त तथा मातुल पक्षवाट पनि लाभै हुने देखिन्छ । मिहिनेतले प्रशस्त फाइदा दिलाउनेछ ।

बृश्चिकः

अध्ययन तथा वैतनिक क्षेत्र शुभ रहनेछ । प्रेम सम्बन्धमा गाढापन आउला । व्यापार व्यवसाय फस्टाउनेछ । राजनैतिक क्षेत्रमा पनि राम्रो प्रभाव जमाउन सकिने दिन रहेको छ ।

धनुः

पेट तथा कोखा सम्बन्धी समस्या देखिन सक्नेछ । आज नयाँकामको थालनि नगरेको राम्रो । माताको स्वास्थ्य सम्बन्धी समस्याले मन अशान्त रहन सक्नेछ । प्रतिस्पर्धामा उत्रनुपरे पनि मिहिनेतले उपलब्धि हातपार्न सकिनेछ ।

मकरः

आज मनमा खुसियाली बढ्नेछ । स्वादिष्ट खानपिन खान पाइएला । दिन सुखद् तथा प्रेमिलरुपमा व्यतित हुनेछ । विद्यार्थी भाइबहिनीहरुका लागि आजको दिन राम्रो रहेको छ । व्यापार,ब्यावसायबाट सन्तोषजनक मुनाफा प्राप्त हुने समय छ ।

कुम्भः

आज स्वादिष्ट भोजनमा रमाईने दिन रहेको छ । धन वस्त्र अलंकारको लाभ हुनेछ । शुभ समाचार प्राप्त होला । बोलीमा मिठास आउनाले आफन्तजन तथा इष्टमित्रहरुसँग राम्रो सम्बन्ध रहने छ ।

मीनः

पारिवारीक सुख प्राप्त हुनेछ । विद्यार्थीहरुको अध्ययनको क्षेत्र राम्रो रहनेछ । सानो प्रयत्नले ठूलो काम बन्नेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ ।

 

rashifal

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>