देश/प्रदेश

अत्याधिक चिसो बढेका कारण बुटवलका विद्यालय तिन दिन बन्द हुने

Banner

काठमाडौं ,पुस ९ –

अत्याधिक चिसो बढेसँगै बुटवलका सामुदायिक तथा संस्थागत विद्यालयहरू लगातार तिन दिन बन्द हुने भएका छन् ।

बुटवल उपमहानगरपालिकाले एक सूचना जारी गर्दै पुस ११, १३ र १४ गते विद्यालय बन्द हुने जनाएको हो । १२ गते शनिबार सार्वजनिक बिदा नै हो ।

सूचनामा भनिएको छ ,“केही दिनदेखि बाक्लो हुस्सु र शीतलहरसँगै अत्यधिक चिसो बढेकाले विद्यार्थीहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै तीन दिन विद्यालय बन्द गरिएको व्यहोरा सम्बन्धित सबैका लागि अनुरोध छ,” ।

साथै उक्त बिदा वार्षिक बिदाबाट कट्टा हुने व्यवस्था मिलाइनेउपमहानगरपालिकाका प्रखु खेलराज पाण्डेले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>