देश/प्रदेश

हाङ्देवामा पशुचौपायामाथि भालुको आक्रमण

Banner

ताप्लेजुङ, पुस ६-

जिल्लाको फुङलिङ नगरपालिका-९ हाङ्देवामा भालुले पशुचौपायामाथि आक्रमण गरी क्षति पुर्‍याएको छ । फुङलिङ-९ का वडाध्यक्ष लक्ष्मण गुरुङले पछिल्ला केही दिनयता स्थानीय किसानका चारवटा खसी र एउटा भेँडा भालुको आक्रमणबाट मरेका जानकारी दिनुभयो ।

अध्यक्ष गुरुङका अनुसार नारायणप्रसाद गुरुङको एउटा भेँडा र एउटा खसी तथा भगीमान गुरुङका तीनवटा खसी भालुको आक्रमणमा मरेका हुन् । पछिल्ला केही दिनदेखि विभिन्न स्थानमा भालु देखिन थालेपछि स्थानीयवासी त्रसित बनेका छन् ।

भालुले अलैँचीको टुसासमेत खाएर बगानमा पनि क्षति पुर्‍याएको स्थानीय ताइवान मादेनले बताउनुभयो । अलैँची बगानमा सिँचाइ गर्न र घाँसदाउरा गर्नसमेत त्रास सृजना हुन थालेको उहाँको भनाइ छ । भालु नियन्त्रणका लागि वडा कार्यालयले वन कार्यालयसँग समन्वय गरिरहेको वडाध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>