देश/प्रदेश
मधेस प्रदेशसभाः सभामुख पदका लागि नाम दर्ता
०

महेन्द्रनगर (धनुषा), पुस ५ –
मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक राम अशीष यादवले आज उम्मेदवारी दर्ता गराउनुभएको छ ।
उहाँले सात दलको समर्थनमा उम्मेदवारी दर्ता गराउनुभएको हो । उहाँको प्रस्तावकमा नेपाली कांग्रेसका वीरेन्द्र सिंह र समर्थकमा माओवादी केन्द्रका फकिरा महतो रहनुभएको प्रदेशसभाका सचिव वासुप्रसाद कोइरालाले जानकारी दिनुभयो । यादव धनुषा निर्वाचन क्षेत्र नम्बर २ ९ख०बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























