देश/प्रदेश

वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि नयाँ मन्त्रीले खारेज गरिदिए

Banner

शनिबार,  पुस ०५ –

 

काठमाडौँ । वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीले शुल्क वृद्धि खारेज गर्दै पुरानै यथावत् गराएका हुन् ।

यसअघि परीक्षण शुल्क छ हजार ५०० बाट बढाएर नौ हजार ५०० पुर्‍याएको थियो । सरकारले यो निर्णय खारेज गर्दै पुरानै अर्थात छ हजार ५०० कायम गरेको हो । शुल्क वृद्धिले वैदेशिक रोजगारमा जाने गरिबी र विपन्न अवस्थाका कामदारमाथि निकै भार परेको भन्दै चौतर्फी आलोचना भइरहेको थियो ।

 

यसअघि तत्कालीन श्रममन्त्री शरदसिंह भण्डारीले भण्डारीले २०८१ मङ्सिरमा मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्य परीक्षण शुल्क वृद्धि गरि ९ हजार ५०० रुपैयाँ कायम गराएका थिए । त्यतिबेला पनि विरोधपछि सो शुल्क कार्यान्वयन प्रक्रिया रोकिएको थियो। गत मंसिरमा पुन बढाइएको शुल्क मन्त्रिस्तरीय निर्णयबाट पुनस् खारेज गरिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>