देश/प्रदेश
आज देशभरको मौसम सामान्यतया सफा रहने
०

काठमाडौँ, पुस ४ –
आज देशभरको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका बाँकी हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने विभागले जनाएको हो ।
विभागका अनुसार आज राति सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायूको आंशिक प्रभाव रही अन्य भू–भागमा कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको विभागद्वारा जारी मौसम बुलेटिनमा जनाइएको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























