देश/प्रदेश
स्याउला काट्न गएकी एक वृद्धाको भिरबाट लडेर मृत्यु
०

बैतडी, पुस २ –
स्याउला काट्न गएकी एक वृद्धाको भिरबाट लडेर मृत्यु भएको छ । जिल्लाको मेलौली नगरपालिका–२ सलेना बस्ने ७२ वर्षकी लक्ष्मी भट्ट मङ्गलबार मृत्यु भएको हो ।
जिल्ला प्रहरी प्रवक्ता बलदेव बडूका अनुसार स्याउला काट्न जङ्गल गएकी उनी सोही ठाउँको ल्वापा भिरबाट खसेकी हुन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























