देश/प्रदेश

‘अन्तर–जिल्ला मतदानका लागि पहल होस्’

Banner

काठमाडौँ,मंसिर २९ –

निर्वाचन आयोग समक्ष राष्ट्रिय स्वतन्त्र नागरिक समाज, नेपालले लोकतान्त्रिक व्यवस्थामा मताधिकार नागरिकको मौलिक अधिकार भएकाले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा अन्तर–जिल्ला मतदानका लागि पहल गर्न अनुरोध गरेको छ ।

आयोगलाई त्यस विषयमा ध्यानाकर्षण गराउँदै समाजले विभिन्न कारणले स्थायी ठेगानाभन्दा फरक जिल्लामा रहेका मतदातालाई मताधिकार प्रयोग गर्न पाउने गरी अन्तर–जिल्ला मतदान अधिकारको व्यवस्था गर्न आग्रह गरेको हो । समाजका अध्यक्ष फणिन्द्र नेपालले लोकतान्त्रिक व्यवस्थामा मताधिकार नागरिकको मौलिक अधिकार भएकाले अन्तर–जिल्ला रुपमा बसोबास गर्ने मतदातालाई पनि सहज रूपमा मतदान गर्न पाउने व्यवस्था आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो “आगामी निर्वाचनमा अन्तर–जिल्ला मतदान, अस्थायी मतदाता दर्ता वा प्रविधिमार्फत सुरक्षित मतदान प्रणाली लागू गर्न सकिने सम्भवना छ ।” समाजले नेपालका धेरै नागरिक शिक्षा, रोजगारी, व्यापार तथा अन्य कारणले स्थायी ठेगानाभन्दा फरक जिल्लामा बसोबास गरिरहेकाले स्थायी ठेगानामै जानुपर्ने बाध्यताका कारण धेरै नागरिक मतदानबाट वञ्चित हुनुपरेको विषयमा जानकारी गराएको अध्यक्ष नेपालले बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>