देश/प्रदेश

देशलाई समाजवादतर्फ उन्मुख गराउनुपर्ने

Banner

सुर्खेत, मङ्सिर २७ –

नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले देशलाई समाजवादतर्फ उन्मुख गराउनुपर्नेमा जोड दिनुभएको छ ।

आज यहाँ आयोजित नेकपाको ‘एकता सन्देशसभा’मा उहाँले देशको विकासका खातिर समाजवाद आवश्यक भएको बताउनुभयो । पूर्वप्रधानमन्त्री खनालले मुलुकमा विदेशी हस्तक्षेप बढेको र राष्ट्रिय स्वाधीनतामाथि प्रश्न उठेकाले हरेक नागरिक राष्ट्र र राष्ट्रियताप्रति गम्भीर हुनुपर्छ भन्नुभयो ।

फरक प्रसङ्गमा उहाँले भन्नुभयो, “पुँजीवादको अन्त्य र भ्रष्टाचारको अन्त्य गर्न सबै कम्युनिष्ट मिलेर समाजवाद स्थापना गर्नुको विकल्प छैन ।”

सोही पार्टीका नेता नारायणकाजी श्रेष्ठले जनताको पार्टी नेकपा भएकाले यसलाई भ्रष्टाचार नगर्नेहरूको पार्टीका रुपमा स्थापित गर्नुपर्ने बताउनुभयो । उहाँले सबैलाई एकताबद्ध गराउनुपर्नेमा जोड दिँदै मजदुर, जनजाति, दलितलाई एकताबद्ध गरेर अगाडि बढ्नुपर्छ भन्नुभयो । उहाँले देशलाई राजनीतिक रुपमा निकास दिन नेकपाको उदय भएको बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>