देश/प्रदेश
आज मिति २०८२ साल मंसिर २६ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

चितवन, मंसिर २६ –
वि.सं.२०८२ साल मंसिर २६ गते शुक्रबार, यस्तो छ ज्योतिषी भुपेन्द्र राज घिमिरेले तयार पार्नुभएको राशिफलः
मेषः
आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । श्रीमती÷प्रेमीकाबाट राम्रो सहयोग प्राप्त हुनेछ । शत्रु परास्त हुनेछन् । स्वास्थ्य राम्रो रहने छ । दाजुभाई तथा कुल–कुटुम्बबाट अपेक्षाकृत साथसहयोग प्राप्त हुनेछ ।
वृषः
दाम्पत्य तथा प्रेम सम्बन्धमा असन्तोष रहला । स्वास्थ्यमा समस्या देखिनेछ । कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ । लगनशीलताले सम्मानित स्थान दिलाउनेछ । कृषिकर्म एवं पशुधनबाट लाभ उठाउन सकिनेछ । प्रयत्न गर्दा महत्त्वाकांक्षी कामसमेत सम्पादन हुनेछ ।
मिथुनः
परिस्थितिवश केही समस्यामा अल्झनुपर्ने देखिन्छ । पानी तथा जलिय पदार्थहरुबाट टाढा रहनु नै बेस हुनेछ । निडर र आत्मविश्वासका साथ आफूलाई प्रस्तुत गर्नु राम्रो पक्ष हुन आउनेछ । कमजोर नतिजा सच्याउन काम दोहोर्याउनु पर्ने समय छ ।
कर्कटः
जोशजाँगर र हिम्मत बढ्नेछ । अध्ययन अध्यापनको क्षेत्र आजको दिन राम्रो रहेको छ । नियमित काम सम्पादन भए पनि पारिवारिक मतभेदले व्यवधान निम्त्याउन सक्नेछ । अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला । निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले सजग रहनुपर्ला ।
सिंहः
खानपानमा विशेष सतर्कता अपनाउनु होला । वादविवाद हुन सक्नेछ सतर्क रहनु होला । मध्यान्न देखि समय अनुकुल भएर जानेछ । पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन् ।
कन्याः
भाग्योदयको योग छ । प्रेममा सफल हुने दिन रहेको छ । व्यापार व्यवसायवाट प्रसस्त आम्दानी हुनेछ । मध्यान्नबाट अकस्मात धन खर्चको योग छ । शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा दुःख पाइनेछ । आज वादविवादबाट भने टाढा रहनु नै राम्रो पक्ष हुनेछ ।
तुलाः
व्यवसायमा घाटा हुने समय छ । धन तथा सामान हराउन सक्नेछ, सजगता अपनाउनु होला । विभिन्न सकारात्मक कार्यहरुको लागि धन तथा वैदिक श्रम खर्च हुनेछ । नाम र दामका लागि गरिएको प्रयास अपूर्ण देखिए पनि यात्राको प्रक्रिया अघि बढ्नेछ ।
बृश्चिकः
नयाँ काम शुभारम्भको चर्चा चल्नेछ । धनार्जनका नयाँ श्रोत पत्ता लाग्नेछ । सोख र मनोरञ्जनले खर्च बढाउनेछ । आशा देखाउनेहरूको भरपर्दा धोका पाइएला । भैपरी आउने खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्नेछ । फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला ।
धनुः
कुटनीतिक नियोगको सहयोग मिल्नेछ । विना प्रतिस्पर्धा फाईदा हुनेछ । अरुको मन सजिलै जित्ने सकिनेछ । सानो प्रयत्नले ठूलो काम बन्नेछ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । पारिवारिक समस्याहरूको समाधान हुनेछ ।
मकरः
कामकारोवारमा बाधा आउनसक्नेछ । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ ।
कुम्भः
आँटेको कार्यमा बाधा आउनेछ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । व्यापारिक कार्यमा नोक्शानीको समय छ । प्रविधि र सञ्चारको माध्यमबाट दैनिकी केहि सहज हुनेछ । अवसरवादीहरूबाट सावधान रहनुहोला ।
मीनः
चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ । स्त्रीको सहयोगबाट महत्वपूर्ण कार्य सम्पन्न हुने दिन छ । मध्यान्नबाट परिस्थिति प्रतिकूल हुनाले काम बिग्रने डरले सताउन सक्नेछ । गोप्य सूचना बाहिरिन सक्नेछ, गोपनीयतामा विशेष ध्यान पुर्याउनु राम्रो पक्ष हुनेछ ।



























