देश/प्रदेश

रहेनन् मूर्तिकार बालकृष्ण तुलाधर

Banner

काठमाडौँ, मंसिर २५ –

मूर्धन्य मूर्तिकार बालकृष्ण तुलाधरको ९१ वर्षको उमेरमा आज निधन भएको छ । सहिदगेटमा स्थापित राजा त्रिभुवनको शालिकलगायत सहिद गङ्गालाल, दशरथचन्द, धर्मभक्त र शुक्रराजको शालिक तथा त्यहाँ रहेका चारवटा तस्बिर उहाँका सिर्जना हुन् ।

त्यसैगरी, टुँडिखेलको सैनिक मञ्चमा रहेका छ जना सिपाहीको शालिक, बनेपा चौबाटोमा रहेको त्रिभुवनको शालिक, शोभाभगवतीमा रहेको अर्धकदको गणेशमान सिंहको शालिक तथा त्रिमूर्ति (लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौडेल र वालकृष्ण सम)का शालिक उहाँका कलाकारिताका नमूना हुन् ।

विसं १९९२ मा काठमाडौँको यट्खा टोलमा जन्मनुभएका तुलाधरका चार छोरा र तीन छोरी हुनुहुन्छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>