देश/प्रदेश

पर्यटन पूर्वाधार निर्माणका सम्झौता निर्माणस्थलमा

Banner

पर्वत, मंसिर २४-

पर्यटन तथा उद्योग कार्यालयले प्राविधिक र कर्मचारीको उपस्थितिमा निर्माण कम्पनीका प्रतिनिधिसँग पर्यटन पूर्वाधारका आयोजनाको सम्झौता निर्माणस्थलमा नै गर्न थालेको छ । चालु आर्थिक वर्षका लागि बजेट विनियोजन भएका आयोजनाहरु नियमित समयमा सम्पन्न गर्न निर्माणस्थलमा नै सम्झौता गर्न थालिएको उक्त कार्यालयका प्रमुख पोषनाथ शर्माले जानकारी दिनुभयो

पर्वतमा चालु आर्थिक वर्षका लागि एक सय ११ वटा आयोजना सञ्चालन गर्न बजेट विनियोजन भएको छ । जिल्लाको दक्षिणी भेगका विहादी, पैँयु र महाशिला गाउँपालिकामा ५० वटा साना तथा मझौला आयोजना निर्माणको सम्झौता भएको छ ।

पैँयू गाउँपालिका–२ का अध्यक्ष नरभूपाल काफ्ले कार्यस्थलमा सम्झौता गर्ने अभ्यासले समयमा नै आयोजना पूरा गर्न सहज भएको बताउनुभयो । हालै आफ्ना वडाका मन्दिर निर्माणका सम्झौता भएका उहाँले बताउनुभयो । हालसम्म ११ वटा आयोजना सम्पन्न भएका छन् । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>