देश/प्रदेश

पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ

Banner

काठमाडौँ, मंसिर २२ –

वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा कञ्चनपुर बेदकोट नगरपालिका–१० घर भई हाल काठमाडौँ महानगरपालिका–२६ बस्ने ३३ वर्षीय भीमबहादुर महर रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजिकुमार आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पक्राउ परेका महरले पोर्चुगल पठाइदिने भन्दै एक जनाबाट रु दुई लाख लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीका आधारमा निजलाई काठमाडौँ महानगरपालिका–४ सुकेधाराबाट पक्राउ गरिएको हो ।”

निजलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रवक्ता आचार्यले बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>